


























राहदानी विभागले सेवा सहज बनाउन भन्दै एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको व्यवस्था गरेको छ । आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुने विभागले जनाएको छ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि-इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको विभागले जनाएको छ ।
दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ । विभागका अनुसार आज १६ गते प्रि-इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ ।
यस्तै, भोलि १७ गते प्रि-इनराेलमेन्ट गर्नेले फागुन १६ सम्मको र १८ गते प्रि-इनरोलमेन्ट गर्दा फागुन १७ सम्मको समय लिन सकिने छ । विभागसहित विदेशमा रहेका कुटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि-इनरोलमेन्ट गराउने छन् ।
विभागले काठमाण्डौ नजिकका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था गरेको जनाएको छ ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |