


























काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले बागमती करिडोरमा रहेका सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् ।
सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर मेयर साहले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् ।
केही दिनअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पनि भेटेर सहयोग मागेका साह सोमबार गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् ।
केही महिनाअघि सुकुम्बासी बस्ती हटाउन पुगेका सुरक्षाकर्मीमाथि स्थानीय आक्रमणमा उत्रिएका थिए । त्यसयता मेयर साहले सरकारसँग सहयोग मागिरहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |