

नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज पोखरामा बस्दैछ।
नेपाल टी–ट्वान्टी लिग विवाद र पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा बैठकको मुख्य एजेन्डा रहेका छन्। क्यानले पहिलोपटक आयोजना गरेको फ्रेन्चाइज, टी–ट्वेन्टी लिगमा फिक्सिङ र पारिश्रमिक विवादमा कार्यसमितिनै दुई भागमा विभाजित भएको छ।
केही दिन अघि छुम्बी लामासहित ७ केन्द्रीय सदस्यले दोषी पदाधिकारीको राजीनामा माग गरेका थिए। आजको बैठकपछि कार्यसम्पादन समितिका केही पदाधिकारीले राजीनामा दिन सक्ने सम्भावनासमेत छ।
टी–ट्वान्टी लिगको रणनीतिक तथा कमर्सियल पार्टनर भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको सम्झौता, फिक्सिङ सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी र राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिको प्रतिवेदनले दिएका सुझावका बारेमा पनि बैठकमा छलफल हुनेछ।
बैठकले निलम्बनमा रहेका सन्दीप लामिछानेलाई टिममा बोलाउने,नबोलाउनेबारे पनि निर्णय गर्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |