

नेपाल क्रिकेट संघ (क्यान)का सात सदस्यले मंगलबार पोखरामा जारी बोर्ड बैठकमा संघको कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गरेका छन् ।
मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरबहादुर चन्दलाई राजीनामा माग गरिएको लिखित पत्र बुझाएका हुन् ।
‘पदाधिकारीको गल्तीको भागीदार नेपाल क्रिकेट संघ हुन सक्दैन। त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन कार्यसम्पादन रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्छौं। स्पट फिक्सिङ जस्तो गम्भीर अपराध हुँन दिनको लागि बाटो खोल्दिने कार्यसम्पादन समितिका सदस्यलाई पनि कारबाही हुनु पर्छ,’ उनीहरुको भनाइ छ, ‘यस्तै नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त मल्ल, सदस्यहरु दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन पनि दोषी भएको हाम्रो ठम्याइ छ। त्यसैले गभर्निङ काउन्सिल पनि कारबाहीको दायारामा आउनु पर्छ।’
उनीहरूले क्यानका अध्यक्ष चन्दको अध्यक्षतामा बोर्ड बैठक बस्न नसक्ने भन्दै बहिस्कार गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |