Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
पत्रपत्रिकाबाट
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१३ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१३ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर-पहिलाे तीन बजेट लेखे, नेपाली नोट चलनचल्तीमा ल्याए

  • Default Profile
  • बागमती कलम
  • २७९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ २२, आईतबार (३ साल अघि)
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर-पहिलाे तीन बजेट लेखे, नेपाली नोट चलनचल्तीमा ल्याए

नेपाल राष्ट्रका बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको आज ९५ वर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट पीडित उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । जबराले अर्थतन्त्र, समाज, कुटनीतिलगायतका क्षेत्रमा हिमाल जस्तै अग्लो कद बनाउन सफल भए ।

पिता जर्नल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मेका राणाले भारतको बम्बईस्थित स्कुल अफ इकोनोमिक्स एण्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गरेका थिए । सन् १९५० मा अर्थमन्त्रालयको सचिवका रुपमा काम सुरु गरेका जबरा सन् १९५१ मा नेपाल बैंकमा महानिर्देशक भए । उनले सन् १९५६ मा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका साथै सन् १९६२ देखि १९६४ सम्म संयुक्त राष्ट्रसङ्घको न्यूयोर्कस्थित कार्यालयमा प्रोग्राम अफिसर/प्रोजेक्ट अफिसरका रुपमा काम गरे।

जबराले युएनडिपीमा रहेर सन् १९६४–१९७२ सम्म श्रीलङ्का र अफगानिस्तान, सन् १९७२–१९७७ सम्म म्यानमारमा, सन् १९७७–१९८१ सम्म इन्डोनेसिया र सन् १९८१ देखि १९८६ सम्म पाकिस्तानमा काम गरेका थिए । साथै उनी राष्ट्रिय विकास परिषद् सदस्य, गोर्खा ब्रुअरीको अध्यक्ष, हिमालयन बैंकको संस्थापक तथा अध्यक्ष, नेपाल विद्युत् प्राधिकरणको बोर्ड सदस्य, नेपाल इन्टरनेशनल सेन्टरको अध्यक्ष, निर्धन उत्थान बैंकको अध्यक्ष, देव शमशेर जवरा सन्तति प्रतिष्ठानको कोषाध्यक्ष, नेपाल उद्योग परिसङ्घको सल्लाहकारका साथै विभिन्न सङ्घ तथा संस्थासँग आबद्ध भए ।

राजनीतिमा प्रवेश

सन् १९४४ मा अध्ययनका लागि भारतको बम्बई पुग्नुभएका जबरालाई त्यहाँ बस्दा राजनीतिप्रति रुचि बढिसकेको थियो । भारतमा महात्मा गान्धीको नेतृत्वमा अङ्ग्रेजविरुद्ध ‘भारत छोडो’ अभियान बढ्दै थियो । बम्बईमा उनी छात्रवासमा बसे । नेपाल र भारतमा भइरहेको राजनीतिक उथलपुथलका कारण उहाँ राजनीतिमा आकर्षित भएका थिए ।

जबराले २००५ सालमा प्रजातान्त्रिक कांग्रेसको सदस्यता लिएर २००७ सालसम्म भूमिगत भइ काम गरे। भारतमा स्नातककोत्तर तह उत्तीर्ण गरेपछि उनी नेपाल फर्किए । नेपालमा प्रजातन्त्र आइसकेपछि जबरा नेपाल फर्के  ।

पहिलो अर्थसचिव

नेपाल फर्केपछि जबराको भेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरसँग भयो । प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका निर्वाह गरेका सुवर्ण  धनी पनि थिए । उनलाई अर्थमन्त्रालयमा स्नातकोत्तर उत्तीर्ण गरेको व्यक्ति चाहिएको थियो । तत्कालीन समयमा स्नातकोत्तर उत्तीर्ण गर्ने मुलुकमा जम्मा चार जना थिए।

अर्थशास्त्रमा जबरा, लीलाप्रसाद लोहनी र परीक्षितनरसिंह राणा तथा वाणिज्यशास्त्रमा कृष्णराज भण्डारी स्नातकोत्तर उत्तिर्ण गरेका थिए । उनीहरु चार जनाले नै २००७ साल फागनुदेखि अर्थमन्त्रालयमा काम गर्न थालेका थिए । काम थालेको दुई महिनामा कार्यसम्पादनका आधारमा जबरा अर्थसचिव भए । उनले प्रथम अर्थसचिवका रुपमा २०१२ सालसम्म काम गरे।

पहिलो बजेट

जबरा अर्थसचिव भएपछि पहिलो पटक बजेट ल्याइएको थियो । तत्कालीन समयमा आम्दानीको स्रोत मालपोत कार्यालयमा आकाशवाणीबाट सन्देश पठाएर आम्दानीको विवरण सङ्कलन गरिएको थियो । पहिलो बजेट सुवर्ण शमशेरसँग मिलेर बनाएपछि उनले त्यसपछिका तीन बजेट आफैँले बनाए ।

कर फिर्ताको प्रस्ताव

विसं २००८ मा तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा अर्थसचिव जबरा पनि सँगै थिए । उनले भ्रमणका क्रममा भारतीय नेताहरुसमक्ष त्यहाँ उत्पादन भई नेपाल ल्याइने वस्तुमा भारतले पहिले नै कर लिइसकेकाले नेपालीहरु दोहोरो करको मारमा परेको विषय उठान गरेका थिए । उक्त प्रस्ताव कार्यान्वयन हुन चार वर्ष लाग्यो । फलस्वरुप भारत सरकारले पहिले उठाएको कर रिफन्ड गर्न थाल्यो र नेपालले वार्षिक रू तीन करोड प्राप्त गर्न थाल्यो ।

नेपाल राष्ट्र बैंक स्थापना

तत्कालीन अर्थपरामर्श दाता सरदार गुञ्जमान सिंहले जबरालाई एक दिन याट्खास्थित घरमा बोलाए र केन्द्रीय बैंक स्थापना गर्ने योजना सुनाए । तत्कालीन राजा महेन्द्र शाहले नेपाल राष्ट्र बैंकको नामले केन्द्रीय बैंक स्थापना गर्ने निर्णय गरिसकेको र बैंकको ऐन मस्यौदा बनाउन र गभर्नरको प्रस्ताव जबरासमक्ष आयो ।

जबराले प्रस्ताव स्वीकार गर्दै भारत, अष्ट्रेलिया, क्यानडालगायत  मुलुकमा भएको केन्द्रीय बैंकको ऐन अध्ययन गरी राष्ट्र बैंकको स्थापनाको काम सुरु गरे । गभर्नरका रुपमा तलब मासिक आठ सय हुन्थ्यो । तत्कालीन समयमा अर्थ मन्त्रालयको बुँइगलबाट सबै काम हुन्थ्यो । सुरुमा कुर्सी र टेबुल नहुँदा सबै जना गद्दिमा बसेर काम गर्नुपरेको थियो ।

राष्ट्र बैंकको स्थापनापछि गोविन्दप्रसाद लोहनी अनुसन्धान विभाग प्रमुख र रामराज तुलाधर बैंकिङ कार्यालय प्रमुखमा नियुक्त भएका थिए । सुरुमा हालको विशाल बजार नजिकको एउटा घर भाडामा लिई केन्द्रीय कार्यालय स्थापना गरिएको थियो । बैंकिङ कारोबारका लागि मुलुकीखाना र कौसी तोपखाना उपलब्ध भयो भने नोट विभागका लागि केन्द्रीय कार्यालय नजिकको अर्को घर पनि भाडामा लिइएको थियो ।

नेपाली नोटको चलन र सटही दर

तत्कालीन समयमा तराईमा नेपाली मुद्रा चलनचल्तीमै थिएन । मालपोत र अध्यागमनमा पनि भारतीय मुद्रा नै चल्थ्यो । यस्तो अवस्थामा भारतीय मुद्राको साटो नेपाली नोट चलनचल्तीमा ल्याउनु निकै चुनौतीपूर्ण काम थियो । यसका लागि तीन वर्षसम्म जबराले काम गरे।

नेपाली मुद्रा र भारतीय मुद्राको सटही दर स्थिर नहुँदासम्म नेपाली मुद्रा चलनचल्तीमा ल्याउन गाह्रो हुने निष्कर्षपछि जबराको पहलमा इलामदेखि पश्चिमसम्म विभिन्न सटही केन्द्र सुरु गरिएको थियो । तीन वर्षको अध्ययनपछि  भारतीय १०० बराबर नेपाली मुद्रा रू १६० कायम हुने गरी सटही दर निर्धारण गर्ने सहमति भयो । जुन आजसम्म पनि कायमै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १३ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution