

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह चौथो वर्षको परीक्षा तालिका संशोधन गरेको छ । फागुन १० गतेदेखि नै परीक्षा गर्ने भनेर तालिका सार्वजनिक गरेको पनिकाले अन्ततः कार्यतालिका संशोधन गरेको हो ।
वार्षिक परीक्षा प्रणाली अनुरूप २०७९ सालमा सञ्चालन हुने चौथो वर्षको शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा तालिका संशोधन गरेको हो ।
संशोधित परीक्षा तालिका अनुसार चैत १२ गतेदेखि हुनेछ । यसअघि फागुन १० गतेसम्म नै परीक्षा आवेदन फाराम भर्ने म्याद दिएको थियो । भने त्यही दिनदेखि नै परीक्षा सञ्चालन गर्ने भन्दै परीक्षा तालिका सार्वजनिक गरेको थियो ।
उक्त कार्यतालिका पछि देशभरका विद्यार्थीहरू आन्दोलित बनेका थिए । उनीहरूले पनिकामा तालाबन्दी समेत गरेका थिए । चौतर्फी दबाबपछि पनिका कार्यतालिका संशोधन गर्न बाध्य भएको हो । विद्यार्थी संगठनहरूले समेत परीक्षा तालिका संशोधन गर्न त्रिविसँग माग गरेका थिए ।
चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरूले ज्ञापनपत्र बुझाउने, तालाबन्दी गर्ने तथा विरोध प्रदर्शन गर्दै आएका थिए ।
परीक्षाको तयारी गर्नको लागि समय नै नदिएको विद्यार्थीहरूको आरोप थियो । उनीहरूले चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनमा समेत आफूहरूलाई बहिस्कार गर्नको लागि त्रिविले त्यही बीचमा परीक्षा गर्न खोजेको उनीहरूको आरोप थियो ।
पनिकाले यसअघि स्नातक तह प्रथम वर्षको परीक्षा तालिका पनि संशोधन गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |