

धादिङ,२५ माघ ।
नेत्रावती डबजोङ गाउँपालिका वडा नं.३ गैरामा मौरीपालन सम्बन्धी सीप विकास तालिम सुरु भएको छ । गाउँपालिकाद्धारा आयोजित उक्त तालिमको मंगलबार गाउँपालिकाकी उपाध्यक्ष सिता माया गुरुङले उद्घाटन गर्नुभएको हो ।
तालिममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह, सूचना अधिकारी कृष्ण बद्री पौडेल, योजना शाखा अधिकृत अनुप लामिछाने, वडा नं ३ का वडाध्यक्ष सुरेश गुरुङ लगायतको उपस्थिती रहेको थियो।
तालिममा मौरीपालन परिचय, मौरीका जात, प्रविधि, परम्परागत घार र आधुनिक घारमा फरक तथा प्रयोगका फाइदा बेफाइदा, मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, मह उत्पादन तथा बजारीकरण, नेत्रावती डबजोङको हावापानी अनुसार मौरी कसरी पाल्ने लगायतका विषयमा नुवाकोट सामरीका मौरी बाजेको नामले परिचित ध्रुवप्रसाद सापकोटाले सहजिकरण गर्नुभएको छ ।
तालिममा बिभिन्न वडाका १७ जना सहभागि छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |