


























स्रोत नखुलेको रकम सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी पर्साले स्रोत नखुलेको १८ लाखसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहार,मोतिहारी जिल्ला रक्सौल-११ बस्ने २६ वर्षीय राकेश कुमार र २७ वर्षीय प्रशन्जित कुमार रहेका छन्। उनीहरुको साथबाट १८ लाख ५ सय नेपाली रुपैयाँ र दुई हजार तीन सय भारतीय रुपैयाँ बरामद भएको जनाइएको छ।
वीरगंज भन्सारको मुख्यद्वारमा नियमित चेकजाँच गरिरहेको अवस्थामा रक्सौलबाट वीरगंज प्रवेश गर्नेक्रममा बिआर०५ एटि ५९६७ र बिआर०५ एभी ६८७१ नम्बरको मोटरसाइकलमा दुबै जनाले हेल्मेटमा लुकाएर ल्याउनेक्रममा प्रहरीको सो रकम फेला पारेको हो।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |