

नेकपा माओवादी केन्द्रले बिचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दलसँग पार्टी एकीकरण र मोर्चाका लागि छलफल जारी राखेको छ ।
त्यसका लागि वार्ता समितिका संयोजक कृष्ण बहादुर महराले वार्ता समितिको तर्फबाट नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, (माओवादी समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह र धर्मेन्द्र समूह), अन्य वाम पार्टीहरु, समूह र व्यक्तिहरुसँग भइरहेको वार्ता गरिसकेको माओवादीले जनाएको छ ।
सो बारेमा हालै सम्पन्न स्थायी कमिटीमा महराले सो वारे जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।
‘विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने र अन्य वामपार्टी, समूह र व्यक्तिहरुसँग संयुक्त मोर्चा निर्माण र सहकार्य गर्नेगरी वार्ता अगाडी बढिरहेको निश्कर्ष बैठकमा वार्ता संमितिका संयोजक महराले राख्नु भएको छ,’ माओवादीद्धारा जारी परिपत्रमा भनिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |