

धादिङ,२७ माघ ।
धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।
सिद्धलेक ढेवाडाँडा समाज नेपालको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा महाशिवरात्री पर्वको अवसरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आगामी फागुन ६ गते शनिबारका दिन तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने सिद्धलेक ढेवाडाँडा समाजका सल्लाहाकार अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।
महोत्सवमा राष्ट्रिय कलाकार चर्चित लोक गायक कुलेन्द्र बि.क.,सुमन परियार, बालचन्द्र बराल, लोक गायीका सुमन थापा मगर, हास्य कलाकार बेगम नेपाली(भट्भटे), मनराज श्रेष्ठ, मोडल टिका भुजेल, स्थानीय कलाकारहरु सिर्जन खत्री, सोभित श्रेष्ठ, प्रवेश श्रेष्ठ प्रमोद खनाल लगाएत गोधुलि साँस्कृतिक परिवारको विशेष प्रस्तुति हुने सिद्धलेक ढेवाडाँडा समाजका सल्लाहाकार गुरुङले बताउनुभयो ।
साथै महोत्वसमा रेडक्रस नलाङ उपशाखाको आयोजना तथा रेडक्रस जिल्ला शाखा धादिङको प्राबिधिक सहयोगमा बृहत खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केहीबर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ ।
महोत्सवको लागि अहिले स्टल बुकिङको काम भईरहेकोले स्टल आवश्यक पर्ने व्यावसायीले आयोजकलाई सम्पर्क गरि आफ्नो स्टल सुरक्षित गर्न सकिने आयोजकले जनाएको छ ।
स्टल बुकिङका लागि सम्पर्क नम्बर
९८४१९०३९५९





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |