

एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आउँदो मंगलबारबाट सुरु हुने २३औँ महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएकी हुन् ।
नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने बताएकी उनले यदी सहमति नजुटेमा भने मतदानबाट नेतृत्व छान्ने जानकारी दिएकी हुन् । मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिने उनले बताइन् ।
आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गरिने जानकारी दिएकीी अध्यक्ष बरालले महाधिवेशनमा करिब एक हजार ५७३ प्रतिनिधि सहभागी हुने बताइन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |