

धादिङ,०१ फागुन ।
धादिङको गंगाजमुना गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको लागि बाख्रापालन तालिम सञ्चालन गरिएको छ ।
धादिङ नेत्रहिन संघको आयोजना तथा गंगाजमुना गाउँपालिकाको आर्थिक सहयोगमा समुदायमा आधारित पुनस्र्थापना (सिबिआर) कार्यक्रम अन्र्तगत अपाङगता भएका व्यक्तिहरुका लागि २ दिने बाख्रापालन तालिम सञ्चालन गरिएको हो ।
शनिबार र आईतबार भएको तालिममा गंगाजमुना गाउँपालिकाको ७ वडाका २४ जना अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो। अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्धेश्यले तालिममा सहभागी २४ जनालाई १/१ वटा बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
तालिममा गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख निरन्जना चौधरीले बाख्रा पालन, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरु सहजिकरण गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |