

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ ।
लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान सुरु गरेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले यही फागुन ५ गते विमोचन गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथ पश्चिम मूल ढोकाअघि रहेको शङ्कराचार्य मठमा पुराण वाचन सुरु भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।
विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोका अघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताउनुभयो ।
आजदेखि सुरु भएको लिङ्ग पुराण शङ्कराचार्य मठका स्वामीद्वय डा रमणानन्द गिरी र डा केशवानन्द गिरीले वाचन गरिरहनुभएको छ । लिङ्ग पुराण महाशिवरात्रिका अवसरमा फागुन ६ गतेसम्म सञ्चालन गरिने छ ।
यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारी गरिरहेको छ । यस वर्षको महाशिवरात्रिमा विशिष्ट अतिथिका रूपमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती फागुन ४ गते राजधानी आउनुहुने कार्यक्रम रहेको छ । महाशिवरात्रिका अवसरमा माघ २९ गते आइतबारदेखि नै कोषले पशुपति क्षेत्रको विशेष सफाइ अभियान सुरु गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |