देशभरका रैथाने बाली तथा जातलाई प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा काठमाण्डौमा रैथाने बालीको प्रदर्शनी गरिएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागमा २७ वटा स्टलमा प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा मुख्यबाली धान, मकैसँगै कागुनो, जुनेलो, कोदो, फापर, दलहन बाली राखिएको छ ।
नेपालका विभिन्न ठाउँमा उत्पादन हुने रैथाने बालीको संरक्षण र तिनको प्रवर्द्धनका लागि प्रदर्शनीको आयोजना गरिएको कृषि विभाग बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताउनुभयो ।पछिल्ला वर्ष रैथाने बाली लोप हुँदै गएको र तिनको संरक्षणका लागि पहल भैरहेको उहाँको भनाइ छ ।
‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ सरकारले यस वर्षदेखि राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन थालेको छ । माघ १ गतेलाई सरकारले राष्ट्रिय कृषि जैविक विविधता दिवसका रुपमा घोषणा गरेको छ । दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम भैरहेका छन् ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |