धादिङ,०२ फागुन ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका–३ गैरामा मौरीपालन सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गाउँपालिको आयोजनामा माघ २५ गतेदेखि सुरु भएको पहिलो चरणको ७ दिने तालिम आज सम्पन्न भएको हो।
तालिमको आज गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले समापन गर्नुभएको हो । मौरी बाजेको नामले परिचित नुवाकोट सामरीका ध्रुवप्रसाद सापकोटाले सहजिकरण गर्नुभएको तालिममा मौरीपालन परिचय, मौरीका जात, प्रविधि, परम्परागत घार र आधुनिक घारमा फरक तथा प्रयोगका फाइदा बेफाइदा, मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, मह उत्पादन तथा बजारीकरण, नेत्रावती डबजोङको हावापानी अनुसार मौरी कसरी पाल्ने लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो। तालिममा १७ जनाको सहभागिता रहेको थियो ।
यसैगरी सोही स्थानमा आजदेखी दोस्रो चरणको तालिम सुरु भएको छ । तालिममा वडा नं ३ का २० जनाको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |