

धादिङ,१६ फागुन ।
धादिङबेशीमा निशुल्क मोबाइल मर्मत एंव सिलाइ कटाइ तालिम सुरु भएको छ ।
सामाजिक विकास,प्रदेश युवा परिषदको कार्यालय बागमती प्रदेशको आर्थिक सहयोगमा आजदेखी ६५ दिने निशुल्क सिपमुलक मोबाइल मर्मत एंव सिलाइ कटाइ तालिम सुरु भएको हो ।
मंगलबार एक कार्यक्रमका बिच बागमती प्रदेश सांसद गोविन्द लम्सालले तालिमको उद्घाटन गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लम्सालले दिनानुदिन युवाहरु विदेश जाने क्रम वढ्दै गएको अवस्थामा युवाहरुलाई आफ्नै देशमा तालिमहरु लिएर स्वारोजगार बन्नुपर्ने बताउनुभयो । युवाहरुमा राज्यले धेरै लगानी गरेता पनि युवाहरुमा राज्यले केही नगरेको गुनासो आएको बताउनुभयो ।
लम्सालले तालिममा सहभागिहरुलाई तालिमबाट सिकेको सिप व्यवहारमा लागु गर्न र आफ्नै देशमा उद्यमी बन्न आग्रह गर्नुभएको छ । युवाहरुलाई आत्मनिर्भर बनाउन तथा र सिप सिकाएर व्यवसायसँग जोड्न तालिम सञ्चालन गरिएको जिल्ला युवा समिति धादिङकी अध्यक्ष सुनिता सिंखडाले बताउनुभयो ।
जिल्ला युवा समिति धादिङकी अध्यक्ष सुनिता सिंखडाको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा बागमती प्रदेश सभा सदस्य गोविन्द लम्सालको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौँलागाई, जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतको सहभागिता रहेको थियो।
तालिममा मोबाइल मर्मततर्फ २० जना र सिलाइ कटाइतर्फ २० जना गरि ४० जना युवाहरु सहभागि छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |