

धादिङ,०१ बैशाख।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ७ कुपिण्डेका किसानलाई अनुदानमा भैसीको पाडी वितरण गरिएको छ ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप)ले किसानहरुलाई पाडी किन्न ८५ प्रतिशत अनुदान उपलब्ध गराएको हो । फ्यानसेप परियोजनाले गठन गरेको चण्डेश्वरी पशुपालक कृषक समूहमा आवद्ध २४ घरधुरीलाई पाडी उपलब्ध गराइएको परियोजनाका पशुप्राविधिक विष्णुकुमार श्रेष्ठले बताए ।
पुरक अनुदान मार्फत ६ लाख रुपैंया बराबरमा उन्नत मुर्रा जातको पाढी वितरण गरिएको श्रेष्ठले बताए । ललितपुरको भैसी प्रवद्र्धन कार्यक्रम चापागाउँबाट किसानले आफै पाढी किनेर ल्याएको र त्यसमध्य ८५ प्रतिशत रकम फ्यानसेपले भुक्तानी दिएको पनि उनले जानकारी दिए ।
भैसी पालन गरी दुध उत्पादन बढाएर ग्रामीण किसानको आर्थिक स्थर उकास्ने र बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यले किसानलाई अनुदान उपलब्ध गराइएको हो ।
कृषि र पशु क्षेत्रको बजेट फ्यानसेप परियोजनाले गाउँपालिकालाई सहयोग गरिरहेको र यस्ता किसामको सहयोगले किसानको जीवनस्तर उकास्न टेवा पुगेको गजुरी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष बद्री प्रसाद जमरकट्टेलले बताए ।
पाडी किन्न अनुदान पाएपछि किसान खुसी भएका छन् । किसानले एक वर्षदेखि १८ महिनासम्ममा बाली लाग्ने उन्नत जातको पाढी ल्याएका छन् ।
सरदर दुई वर्ष उमेरको पाडी ल्याएको कृषक समूहकी कोषाध्यक्ष पार्वती पण्डितले बताइन् । किसानले उत्पादन गरेको दुध विक्रिको लागि गाउँमै दुग्ध संकलन केन्द्र स्थापना गरिदिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |