

धादिङ,०६ बैशाख।
सांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण सुरु गर्न माग गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले धादिङ र गोरखाको सीमाना स्थित बुढीगण्डकी नदीमा बन्ने १२ सय मेगावाटको जलासययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भइसकेकोले आयोजना तत्काल निर्माण सुरु गर्न माग गर्नुभएको हो ।
उक्त आयोजना निर्माणका लागि अब २ खर्ब ६० अर्ब भए पुग्ने र सरकारले यही आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत १ खर्ब ५ अर्ब रुपैयाँ भन्दा बढी संकलन गरिसकेको पाण्डेले बताउनुभयो । सरकारले पेट्रोलियम पदार्थबाट संकलन गरेको रकम अन्यत्र लगानी गरेकामा उहाँले असन्तुष्टि जनाउनुभयो ।
२५ अर्ब रुपैयाँ वार्षिक तेलबाट उठ्ने, २० प्रतिशत शेयर उठाउँदा करिब ५० अर्ब उठ्ने र निर्माण अवधिमा तेलबाटै २ खर्ब रुपैयाँ उठ्ने भन्दै सांसद पाण्डेले सरकारले वर्षमा २५ अर्बको स्रोत सुनिश्चित गरेमा यो आयोजना बन्ने बताउनुभयो ।
सरकारले यो आयोजनाको लागि ४१ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च गरिसकेको भन्दै पाण्डेले आयोजना निर्माण भएमा जलविद्युत, पर्यटन र माछापालनबाट लाखौं मान्छेले रोजगारी र व्यवसाय गर्न सक्ने बताउनुभएको छ ।
उहाँले सरकारको एकजना उपप्रधानमन्त्रीले गोरखामा आयोजित एक खेलकुद कार्यक्रममा बुढीगण्डकी आयोजना यसैपालि सुरु गर्छौ भनेको आफूले सुनेको भन्दै उहाँले भन्नुभयो,त्यहाँ बोल्नुभन्दा प्रतिनिधिसभामा बोलेको भए हुन्थ्यो नि।
सांसद पाण्डेले सभामुखलाई आयोजना निर्माण सुरु गर्ने प्रतिवद्धता जनाउन सरकारको नाममा रुलिङ गर्न समेत आग्रह गर्नुभएको छ। पाण्डे धादिङ क्षेत्र नं १ बाट निर्वाचित नेकपा एकिकृत समाजबादीका सांसद हुनुहुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |