

धादिङ,०९ बैशाख।
धादिङको धुनिबेशी–६ धार्केमा रहेको नवज्योति बचत तथा ऋण सहकारी सस्थाले १ दिने सहकारी व्यबस्थापनमा महिलाको भुमिका विषयक तालिम सम्पन्न गरेको छ।
सहकारीका अध्यक्ष अर्जुन आचार्यको अध्यक्ष्यतामा भएको उद्घाटन सत्रको कार्यक्रममा उपाध्यक्ष राम बहादुर आचार्यले स्वागत गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ धादिङ्गका अध्यक्ष रामचन्द्र आचार्यले सहकारी अरु बैक तथा बित्तिय सस्था भन्दा फरक रहेको र आफुले नजिक बाट हेर्न मिल्ने आफुले चाहेको खण्डमा सहकारीको अनुगम गर्न सकिने हुदा पनि सहकारी आफ्नो ठानेर कारोबार गर्न सकिने बताउनुभयो।
सहकारी जन्मदेखि मृत्यु सम्मको लागि सहज तरिकाले आफुहरुलाई सहयोग गर्ने भएकोले सबैलाई सहकारीमा आबद्द हुन् आचार्यले आग्रह गर्नुभयो।नवज्योति जिलाको राम्रो सहकारी भएकोले अझ यसलाई गाउ गाउसम्म पुराउन र सेवा दिन आग्रह गर्दै सफलताको शुभकामना दिनु भयो।
सहकारीका अध्यक्ष अर्जुन आचार्यले नवज्योतिले आफ्ना सदस्य हरुलाई राम्रो सेवा दिइरहेको र अझ यसलाई सदस्य हरुले घरमै बसेर आफ्नो बचत गरेको पैसा केकति भयो हेर्न मिल्ने गरि एसएमसको समेत ब्यबस्था गर्न लागेको बताउनु भयो।
सहकारिले आफ्ना सदस्यहरुलाई राम्रो बोनस पनि वितरण गरिरहेको र अझ सदस्यलाई सेवा दिन सदस्य सहकारी आउने नभई सहकारी घर घरमै पुगेर सेवा दिने र सदस्यको सकेसम्म पेन्सनको समेत बेबस्था गर्ने बताउनु भयो।अब कार्य योजाना बनाएरनै सहकारी अगाडि बड्न लागेको आचार्यको भनाइ छ।
कार्यक्रममा नव कुमार अधिकारीले प्रशिक्षण दिनु भएको थियो।कार्यक्रममा सहकारीका प्रबन्धक हरि लुइटेल संचालक समिति सदस्य रामसरण आचार्य ,पुष्पराज रेग्मी ,लेखा समिति घनश्याम अधिकारि ,राजेन्द्र प्रसाद आचार्य ,ऋण उपसमिति सदस्य रामजी आचार्य , शिक्षा समिति सदस्य जगनाथ आचार्य ,राजाराम पाठक, महिला उप समिति संयोजक पार्वती रेग्मी ,सृजना भुजेल लगाएत सदस्य महिलाहरुको सहभागिता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |