

धादिङ,११ बैशाख ।
धादिङको नेत्रावती डबजोङ गाउपालिका वडा नं ३ मा परम्परागत काठको ठेकी बनाउने तालिम सुरु भएको छ ।
गाउँपालिकाको आयोजनामा आईतबारदेखि १५ दिने परम्परागत काठको ठेकी बनाउने तालिम सुरु भएको हो । तालिमको आईतबार गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले उद्धघाटन गर्नुभएको थियो ।
तालिमको उद्धघाटन गर्नुहुँदै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले परापुर्वकाल देखि चल्दै आएको पेसालाई टिकाइ राख्न, जर्गेना गर्न र सिपलाई एकबाट अर्कोमा हस्तान्तरण गदै जानुपर्छ भन्ने उद्धेश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।
ठेकी लगायत काठबाट बनाउने परम्परागत पेसालाई संचालनमा ल्याएर सिप जर्गेना तथा आर्थिक उन्नती हुने रिजालले बताउनुभयो । गाउँपालिकाले आगामी वर्षहरुमा पुराना परम्पपरालाई खोजी गरेर संरक्षण गर्ने पनि प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष सुरेश गुरुङले लोप हुँदै गएको परम्परागत पेसालाई संरक्षण गर्न र पुस्ता हस्तान्तरण गर्ने उद्धेश्यले तालिम संचालन गरिएको बताउनुभयो ।
वडा अध्यक्ष गुरुङको अध्यक्षता भएको तालिम उद्धघाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रिजालको प्रमुख आतिथ्यता रहेको थियो । मसिने कामीले प्रशिक्षण दिने तालिममा वडा नं ३ का १५ जना सहभागि छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |