

धादिङ,३१ बैशाख ।
सिद्धलेक गाउँपालिकाका कृषकहरुलाई नर्सरी बिरुवा उत्पादनमा प्लाष्टिक ट्रे र कोकोपिटको प्रयोग र महत्वसम्बन्धी तालिम संचालन गरिएको छ ।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा ७ वटै वडाका कृषकहरुको लागि तालिम संचालन गरिएको कृषि विकास शाखा प्रमुख कोमल प्रसाद जोसीले जानकारी दिनुभयो ।
कृषकहरुलाई उत्पादन र उत्पादकत्व बढाउने र कृषिमा प्रविधिको प्रयोग गर्ने उद्धेश्यले संचालन गरिएको तालिममा नर्सरी कसरी स्थापना गर्ने, विउ उत्पादन, प्लाष्टीक घरमा तरकारी खेती संचालन गर्ने तरिका, रोग किरा पहिचान तथा व्यवस्थापन, ट्रे भनेको के हो ? कोकोपिट भनेको के हो ? कसरी प्रयोग गर्ने लगायतका विषयमा जानकारी दिइएको जोसीले बताउनुभयो।
तालिममा प्रत्येक वडाबाट ६० जना कृषकहरुहरुको सहभागिता रहेको छ । सहभागि कृषहरुलाई किरेट, कोकोपिट, टे« वितरण गरिएको जोसीले बताउनुभयो।
हालसम्म वडा नं १, २, ४ र ५ का कृषकहरुको तालिम सम्पन्न भइसकेको छ भने बाँकी रहेका ३, ६ र ७ वडामा पनि संचालन गरिने कृषि विकास शाखा प्रमुख जोसीले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |