

धादिङ,०२ श्रावण।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य टनेल करिब ४ सय मिटर मात्रै खन्न बाँकी रहेको छ।
सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर मात्रै खन्न बाँकी रहेको निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिनुभयो ।
सुरुङमार्गको आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिन अनुगमन गर्नु भएको छ।
आज बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, संघिय सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, प्रदेश सांसद मदुकुमार श्रेष्ठ, सडक विभाग र विश्व बैंकका उच्च अधिकारी,धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उप मेयर सुरज उप्रेती लगाएतको टोलीले निर्माणाधीनमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गर्नु भएको हो।
निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समय भित्र काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभएको छ। निर्माण प्रक्रियामा कुनै पनि व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने पनि उहाँले बताउनुभयो ।
अबको केही महिनामानै रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल पनि जोड्ने तयारी रहेको इन्जिनियर दुवाडीले बताउनुभयो । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको उहाँको भनाई छ ।
वि.सं २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरिएको थियो । यसको लम्बाइ २.६८ किलोमिटर छ । यहाँ ९ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।
कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको थियो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिने निर्माण कम्पनीको भनाइ छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |