

धादिङ,०५ भदौ।
देशभर ९२ प्रतिशत रोपाइँ भएको छ ।गत वर्षको तुलनामा यसवर्ष ३ प्रतिशत कम धान रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा बढि कर्णाली र सुदूरपश्चिममा सबैभन्दा धेरै ९९ प्रतिशत रोपाइँ भएको छ । अन्नको भण्डार मानिने मधेस प्रदेशमा अघिल्लो वर्षको तुलनामा यसवर्ष रोपाइँ ११ प्रतिशतले कम छ ।
मधेसमा ८२ प्रतिशतमात्रै रोपाइँ भएको छ ।त्यस्तै कोशीमा ९७ प्रतिशत, बाग्मतीमा ९३ प्रतिशत, गण्डकीमा ९४ प्रतिशत, लुम्बिनीमा ९५ प्रतिशत रोपाइँ भएको छ ।गएको वर्ष साउन सकिँदा देशभर ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको थियो।
यस वर्ष मनसुनले साथ नदिएको र लम्पी स्किन रोगका कारण गोरु सङ्क्रमित हुँदा रोपाइँको काम प्रभावित भयो । धेरै धान उत्पादन हुने मधेस प्रदेशमा नै यसपालि सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ।
गएको वर्ष मधेसमा साउन सकिँदा झण्डै ९३ प्रतिशतसम्म रोपाइँ भएको थियो । अझै केही दिन रोपाइँ गर्न सकिने तर अब रोपिएको धानबाट उत्पादन कम हुने विज्ञले बताएका छन् ।यसपालि धानको उत्पादन घट्ने अनुमान छ ।
नेपालले गर्दै आएको धान/चामलको आयात थप बढ्नेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |