

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिकामा जिविकोपार्जन तथा खाद्य सुरक्षा ‘रिलिफ’ परियोजनाको शुभारम्भ गरिएको छ ।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको आयोजना, Canadian Foodgrains Bank and Adra Canada को आर्थिक सहयोग तथा आड्रा नेपालको प्राबिधिक सहयोगमा लागु भएको ‘जीविकोपार्जन र खाद्य सुरक्षामा बृद्धि’ (रिलिफ) परियोजनाको बुधबार गाउँपालिका–४ दार्खास्थित गाउँपालिकाको सभाहल भएको गाउँपालिका स्तरीय परियोजना शुभारम्भ गोष्ठीमा परियोजनाको शुभारम्भ गरिएको हो ।

गाँउपालिकाको पाँच वटै वडामा परियोजना लागु गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।
गरिब र सीमान्तकृत कृषक समूहलाई लक्षित गरी खाद्यान्नको उपलब्धता, पहुँच, समुदायको खाद्य सुरक्षा र जलवायु उत्थानशीलतालाई अभिवृद्धि गर्नु परियोजनाको मुख्य उद्धेश्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङले परियोजना मार्फत गाउँपालिकाका नागरिकको जिविकोपार्जन र कृषी क्षेत्रमा धेरै सुधार हुने बताउनुभएको छ ।उहाँले पालिकाको तर्फबाट यस परियोजना संचालनको लागि निरन्तर सहयोग गर्ने पनि बताउनुभयो ।

यस्तै उपाध्यक्ष सेक्केमान तामाङले पछाडि परेका जनतालाई आयआर्जन तर्फ अग्रसर गरेर पालिका भित्रका रहेका गरिब असाहयलाई सहयोग पुग्ने बताउनुभएको थियो भने निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ पालिकाबाट गरिने कार्यमा थप सहयोग गरेर परियोजनाले समुदायमा सुदृढीकरणका लागि मद्दत गर्ने कार्य प्रति आफुहरुले सहयोग गर्ने बताउनुभयो ।


अन्तरक्रिया कार्यक्रममा सहभागि अतिथिहरुले समान रुपमा सेवा प्रदान गर्ने गरि परियोजना संचालन गर्न आग्रह गरेका थिए ।
गोष्ठीमा आड्रा नेपालका जिविकोपार्जन टिम लिडर कबिर रत्न स्थापितले परियोजनाका सम्बन्धमा जानकारी गराउदै खाद्यान्न सुरक्षा, कृषी र जलवायु परिवर्तनको क्षेत्रमा काम गरिने बताउनुभयो।

प्रयास नेपालका अध्यक्ष बिर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रण बहादुर तामाङको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सेक्केमान तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज श्रेष्ठ, साझेदार सस्थाबाट जिविकोपार्जन टिम लिडर कबिर रत्न स्थापितको विशेष आतिथ्य रहेको थियो।
कार्यक्रममा वडा न. १ का वडाध्यक्ष सोनाम बहादुर तामाङ, वडा न. ३ का वडाध्यक्ष कमान सिंह तामाङ, वडा न. ४ का वडाध्यक्ष लिलामान तामाङ, वडा न. ५ का वडाध्यक्ष रबिन कुमार तामाङ,पालिकाको बिभिन्न शाखाका कर्मचारीहरु, साझेदार संस्थाबाट कार्यक्रम संयोजक सुरज आचार्य, प्रयास नेपालका फिल्ड संयोजक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

गोष्ठीमा प्रयास नेपालकी उपाध्यक्ष उषा वि.कले स्वागत मन्तव्य राख्नुभएको थियो ।

परियोजनाको बारेमा जानकारी गराउदै प्रयास नेपालका फिल्ड संयोजक प्रशान्त रिजालले ३ बर्ष अवधी रहने परियोजनाले लैंगिक संबेदनशील परियोजना कार्यहरू मार्फत जलवायु अनुकूलन क्षमतालाई सुदृढ गर्दै आय विविधीकरणमा प्रस्तावित गरी जलवायु अनुकुलन कृषक पाठशाला(तरकारी तरकारी र वाख्रा पालन अभ्यासको लागी), स्थानीय वाखाको नस्ल सुधार, जोखिममा परेका महिलाहरूका लागि “बाख्रा उपहार“ कार्यक्रम, बहुउधेश्यीय पानी प्रणाली र सिंचाई पोखरी निर्माण, समुदायमा आधारित अनुकूलन योजनाहरू (CBAPs) को तयारी र कार्यान्वयन, सामुहिक वचत र ऋण योजना सुदृढिकरण, (Farmer Market School:FMS) कृषक वजार पाठशाला संचालन र सुधार र परियोजना सहभागीहरू र स्थानीय सरकारहरू वीच लैङ्गिक समानतामा चेतना अभिवृद्धिको लागि तालिम रहेको बताउनुभयो ।

यसैगरी गोष्ठीकै अवसरमा गाउँपालिका अध्यक्ष रण बहादुर तामाङको संयोजक्त्वमा स्थानीय परियोजना सल्लाहकार समिति समेत गठन गरिएको छ। १३ सदस्यीय रहेकोे समितिमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु,पालिकाको शाखाप्रमुख र साझेदार सस्थाका प्रतिनिधि हरु रहने व्यवस्था छ।
यो परियोजनाको कार्यक्षेत्र जिल्लाको खनियाबास र गंगाजमुना गाउँपालिकामा रहेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |