

गगाजमुना । गंगाजमुना गाउँपालिका वडा नं २ तावलमा समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ।
प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारी तथा गंगाजमुना गाउँपालिकाको समन्वयमा संचालनमा भएको उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना अन्तरगत वडा नं १ र २ मा गठित कृषक समुहका पदाधिकारीहरुको लागि समुह व्यवस्थापन तथा नेतृत्व विकास तालिम संचालन गरिएको हो ।
मंगलबार र बुधबार दुई दिन सम्म सञ्चालन भएको नेतृत्व विकास तालिममा नेता, नेतृत्व , नेतृत्वका गुणहरु, समुह, समुहको संस्थागत विकास, बैठक संचालन प्रक्रिया , समुहको पदाधिकारीहरुको काम , कर्तव्य, उत्तरदायित्व , माईनुट लेखन अभ्यास , समन्वय ,सहकार्य के किन र कसरी ,समुहको निति नियमहरु लगायतका बिषयमा सहजकर्ता रेनुका रुपाखेति र प्रयास नेपालका जेण्डर एसोसिएट शर्मिला गुरुङ सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा प्रयास नेपाल र आड्रा नेपालको संस्थागत चिनारी र परियोजनाको लक्ष्य, उदेश्य संचालन प्रक्रिया र मुख्य क्रियाकलापहरुको बारेमा प्रयास नेपाल धादिङका शर्मिला गुरुङले जानकारी दिनु गराउनु भएको थियो ।
समुह तथा समुदाय तहमा कुनै पनि क्रियाकलाप तथा सहयोग उपलब्ध गराउँदा लैगिक समानता र समावेशीकरणको पक्षमा बिशेष ध्यान दिई कार्य गर्ने निति रहेको पिन जेण्डर एसोसिएट शर्मिला गुरुङले बताउनुभयो ।
कृषकको क्षमता विकास, जलवायु कृषक पाठशाला , प्राविधिक ज्ञान, सिप हस्तान्तरण गरी कृषि तथा पशुपालनमा उत्पादन र उत्पादकत्व बृद्धिमा टेवा पुर्याउने, पारिवारिक सदस्य तथा समुदायमा लैगिक समाबेशीकरण अभिबृद्धिमा वडा तथा पालिकालाई सहयोग पुर्याउने उद्धेश्यले धादिङ जिल्लाका खनियावास र गंगाजमुना गाउँपालिकामा सबै वडाहरुमा ८० वटा कृषक समुह मार्फत उत्थानशील जिविकोपार्जन तथा खाद्य सुरक्षा सुढृढिकरण परियोजना संचालन गरिएको प्रयास नेपाल धादिङका सहजकर्ता निशानी तामाङले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |