

धादिङ । थाक्रे गाउँपालिका वडा नं १० का कृषकहरुको लागि फौजी किरा व्यबस्थापन गर्न निःशुल्क बिषादी वितरण गरिएको छ।
वडा नं १० का कृषकले लगाएको मकै खेतीमा अमेरिकन फौजी किरा व्यापक देखिए पछि उक्त किरा व्यबस्थापनका लागि बाली संरक्षण प्रयोगशाला हरिहरभवन ललितपुरको सहयोगमा तिन सय कृषकहरुलाई निःशुल्क बिषादी वितरण गरिएको हो ।
प्रत्येक बर्ष मकै बालिमा क्षति पु¥याउने फौजी किराले यस क्षेत्रका कृषकहरुको मकै उत्पादनमा भारी गिरावट हुँदै आएको अवस्थामा बाली संरक्षण प्रयोगशाला हरिहरभवन ललितपुर र व्यवसायिक कीट विकास फार्म धुनिबेशीका कृषि अधिकृतको टोलिले मकै बालीको स्थलगत निरिक्षण गरी कृषकहरुलाइ निःशुल्क बिषादी वितरण गरेको हो।
कृषकहरुको मुख्य खेती मकै भएको र किराको क्षति वाट उत्पादनमा कमि हुने त्रासमा बसेका कृषकहरु कुन बिषादी हालेर किरा नियन्त्रण गर्न सकिन्छ होला भनेर अनविज्ञ भै रहको अवस्थामा सिफारिस बिषादी गाउँमै ल्याई प्रयोग गर्ने तरिका सहित ईमामेक्टिन बेन्जोईड नामको बिषादी निःशुल्क दिइएको कृषि अधिकृत राजेन्द्र रुपाखेतीले जानकारी दिनुभयो ।
उक्त क्षेत्रका कृषकको मुख्य आम्दानीको श्रोत मकै भएको र किराको क्षति वाट मकै बालीलाई बचाउन सके कृषकलाई ठुलो राहत हुने थाक्रे १० का वडा अध्यक्ष गोकुल प्रसाद लामिछाने बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |