

धादिङ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस, धादिङसहित देशभर बिभिन्न कार्यक्रम गरि मनाईको छ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ स्थित माईथान सिमलेमा बिभिन्न कार्यक्रम गरि २१ औ राट्रिय धान दिबस तथा रोपाई महोत्सब मनाइएको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका, कृषी विकास कार्यालय र प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना प.का.ए.को संयुक्त आयोजनामा ‘जलवायु मैत्री कृिष,धान उत्पादनमा बृद्धि’ भन्ने मूल नारा सहित धान दिबस तथा रोपाई महोत्सब मनाइएको हो ।
कार्यक्रममा संघिय सांसद रामनाथ अधिकारीले धान दिवशको उपलक्षमा शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रमा व्यवसायिकरण र आधुनिकीकरणमा जोड दिन आग्रह गर्नुभयो।
राष्ट्रिय धान दिवसले किसान र कृषिलाई प्रोत्साहन गर्ने बताउनुभयो ।किसानलाई कृषि क्षेत्रमा टिकाइरहन यस्तो कार्यक्रमले प्रोत्सान गर्ने भन्दै सांसद अधिकारीले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले कृषी क्षेत्रमा सरकारले नीति तथा कार्यक्रम ल्याए अनुसार बजेट व्यवस्था हुन नसकेको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष राजु उप्रतीले किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले धान दिवस मनाइएको बताउनु भयो ।

कार्यक्रममा सहभागी अतिथिहरुले किसानलाई प्रोत्साहन गर्न र किसानको उत्पादनको बिक्री वितरणमा सहज वातावरणको सिर्जना गराउन आजको आवश्यकता रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा सहभागी संघिय सांसद रामनाथ अधिकारी, जिल्ला समन्वय प्रमुख नवराज अधिकारी, उपप्रमुख कुलमान विश्वकर्मा ,गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, बिभिन्न वडाका वडाध्यक्षहरु गाउँपालिका तथा बिभिन्न सरकारी कार्यालयका प्रमुख एवम कर्मचारी, अन्य सामाजिक क्षेत्रका अगुवा र किसानहरुले बाजागाजासहित हिलो खेली धान रोप्ने रोपेर दिवस मनाएका थिए ।
यस्तै कार्यक्रकै अवसरमा हिलोमा महिला पुरुष दुबैको डोरो तान्ने प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

आज जिल्लाका बिभिन्न पालिकाहरुले बिभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् ।
२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि मनाउन थालिएको राष्ट्रिय धान दिवसमा असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ।
योवर्ष असार मध्यसम्म पनि पर्याप्तमात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुन सकेको छैन। सरकारी तथ्यांकअनुसार अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइ भएको छ।
असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।
हेर्नुहोस् रोपाँई मेला र डोरी तान्ने प्रतियोगिताको भिडियो……………





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |