

धादिङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदमा रहुन्जेल किसानको हितमा काम गर्ने बताउनुभएको छ।
शुक्रबार नेपाल प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले मन्त्रालयले दिएको जिम्मेवारी सुशासनमा रहि कुशलतापूर्वक किसानको हितमा काम गर्ने बताउनुभएको हो ।
मन्त्री अधिकारीले देशैभर रासायनिक मलको अभाव नहुने भन्दै एक साताभित्र सहज व्यवस्थापन हुने बताउनुभयो ।
मन्त्री भएको पहिलो दिन मन्त्रालय पुगेर दैनिक समस्या भोगिरहेका मल किसानका समस्याबारे बुझ्दा रासायनिक मल १ सय ५० हजार मेट्रिकटन मल मौजदात रहेकोले मलको हाहाकार नहुने बताउनुभएको छ ।
अधिकारीले कृषि शिक्षा र अनुसन्धान, हाल प्रयोगमा नआएका कृषि उत्पादित जमिनको उत्पादन क्षेत्र बनाउने, विषादी नियन्त्रण र नियमन गर्ने, गुणस्तरीय विउविजन र पशु विकास कार्यक्रम मन्त्रालयमा नियमित कार्यक्रम बारे बुझेर व्यवसायिक कृषि बारे योजना बनाउने पनि बताउनुभयो ।
मन्त्री भएको ५ दिन भएको र ३ दिन मात्र मन्त्रालयमा जानकारी लिएर गृहजिल्ला आएको भन्दै उहाँले कृषि विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर चाँडै भन्दा चाँडै एउटा संकल्प तयार गर्ने बताउनुभयो ।
यसैगरी बुढिगण्डकी जलविद्युत आयोजना बनाउने विषयमा पनि क्याविनेटमा कुरा उठाउने उहाँको भनाई छ । यसवर्षको बजेटमा आयोजनाको लागि ५० करोड बजेट छुट्याएको जानकारी दिनुभयो ।
मन्त्री नियुक्त भएपछि गृहजिल्ला आईपुग्नु भएका मन्त्री अधिकारीलाई शुक्रबार नेपाली काँग्रेस, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नागरिक समाजको तर्फबाट शुभकामना र बधाई ज्ञापन गरिएको थियो । नागरिक समाजको तर्फबाट दोसल्ला ओडाएर सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको थियो ।

नागरिक समाजको सम्मान कार्यक्रममा मन्त्री अधिकारीले अधिकारीले आफु किसानको छोरो भएको र गाउँघरमा रैथाने बालि लगाउने बाहेक केही थाहा नभएको बताउनुभयो ।रैथाने बाली लगाउँदा उब्जनी नहुने र बिकासे बाली लगाउँदा बदमासी धेरै हुने भएकोले किसानले दुख पाएको र कृषि क्षेत्रको विकास नभएको मन्त्री अधिकारीको भनाई छ ।
मन्त्री पदमा रहुन्जेल कुशलतापुर्वक जिम्मेवारी पूरा गर्नु चुनौती भएपनि कलंकको टिका नलगाई पदबाट विदा हुने मन्त्री अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |