काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणवाट मुक्त गराउन आफुले सक्दो प्रयास गरीरहेको वताउनुभएको छ ।
मन्त्रालयमा राष्ट्रिय किसान संजालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन व्क्तिगत तवरबाट समेत आफुले विभिन्न प्रयास गरिरहेको भन्दै यस्को नतिजा चाडै देखिने उल्लेख गर्नुभयो ।
बिगत देखिनै डिडिसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गर्नुभयो ।
यो समयमा डिडिसीले दुध खरिदमा बिगत देखीनै कोटा निर्धारण गर्ने गरेको जानकारी आफुलाई आएको भएपनि किसानलाई निरास पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले वताउनुभयो ।
सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दुधमा पनि आत्मनिर्भरको बिषय उठाउदै गर्दा किसानको दूध खरीद नगर्ने भन्ने कुरा हुन सक्दैन, मन्त्री अधिकारीले भन्नुभयो ।
केही सन्चार माध्यममा किसानको दूध सरकारी सस्थानले नकिनेको बिषय आएको तर दूध बिक्री नभएको गुनासो किसान मार्फत नआएको भए पनि यस विषयलाई आफुले गम्भीरता पूर्वक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउने पनि वताउनुभयो।
ज्ञापन पत्र बुझाउदै संजालले दूध , उखु ,सुपारी लगायत अहिलेका समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |