

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ३ ले धादिङबेसीमा कौशी खेती तालिम सञ्चालन गर्ने भएको छ ।
वडा कार्यालयकोको आर्थिक तथा प्राविधिक सहयोगमा यही पुष १८ र १९ गते २ दिने कौशी खेती तालिम सञ्चालन गर्न लागिएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा सहभागी हुनका लागि पुष १७ गते दिउँसो २ वजेसम्म इच्छुकले वडा कार्यालयमा निवदेन दिनु पर्ने वडाअध्यक्ष श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार इच्छुक व्यक्तिले निवेदनसँगै नागरिकता र पुर्जाको फोटोकपी पेश गर्नु पर्नेछ ।
यो पटक ४० जनालाई तालिम प्रदान गरिने श्रेष्ठले बताउनुभयो।
बजारमा तरकारीको अत्यधिक माग रहेको तर अत्यधिक विषादीयुक्त तरकारी बजारमा उपलब्ध रहेकाले ताजा तथा स्वस्थकर तरकारी तथा फलफुल खाने वातावरण सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |