

नुवाकोटको ककनी गाउँपालिका-४ बस्ने ५६ वर्षीय सूर्य बहादुर तामाङलाई अपहरण गरी बन्धक बनाएको घटनामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय चन्द्र बहादुर तामाङ रहेका छन् ।
उनीहरूले बा ६ ज ७७७९ नम्बरको गाडीमा आएका सूर्य बहादुरलाई माघ २२ गते राति ककनी गाउँपालिका-४ काउलेदेखि ककनी जाने सडकबाट बन्धक बनाई गाडी सहित अपहरण गरेर पन्चकन्या गाउँपालिकाको कबिलास जाने सडकको एकान्तमा लगि गाडी भित्रै बन्धक बनाई ज्यान मार्ने धम्की दिई रकम माग गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले प्रहरी वृत्त बालाजुको सहयोगमा रकम लिन आएको अवस्थामा दुवै जनालाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट मंगलबार पक्राउ गरेको हो ।
साथै प्रहरीले सूर्य बहादुरलाई सकुशल अपहरणमुक्त समेत गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत नुवाकोटबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घट्नामा संलग्न अन्य व्यक्तिहरूको खोजी गरिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |