

उपचारको क्रममा अस्पतालबाट फरार भएका कैदी पक्राउ परेका छन् ।
बिराटनगर महानगरपालिका-८ बस्ने २४ वर्षीय मोहमद अहमदलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई जहदा गाउँपालिका-१ तारेगाबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद र ५ लाख रूपैयाँ जरिवाना सजाय ठहर भई अहमद जिल्ला कार्यागार मोरङमा २०७९ फागुन २९ गतेबाट कैद भुक्तान गरिरहेका थिए ।
पेट दुख्ने बिरामी भई गत साउन १५ गतेबाट कोशी अस्पताल बिराटनगरमा उपचार गराई रहेका उनी साउन १७ गते बिहान शौचालय जाने क्रममा भागी फरार भएका थिए ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |