

काठमाडौं। देशभरका अधिकांश स्थानीय तहका वेबसाइटमा समस्या आएको छ ।
स्थानीय तहका वेबसाइट साइबर आक्रमणकारीको निसानामा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
पालिकाको वेबसाइट डाउन हुँदा स्थानीय तहहरूले प्रकाशित गर्ने सूचना, जानकारीसहित विभिन्न प्रशासनिक र सामाजिक सुरक्षाको सेवाहरूमा समेत असर परेको छ ।
सुरूमा बाँसगढी नगरपालिकाको वेबसाइटमा ह्याकरले कब्जा जमाएको र त्यसपछि बिस्तारै देशैभरका नगरपालिकाका वेबसाइटमा समस्या आएको पराजुलीले बताउनुभयो।
प्रवक्ता पराजुलीका अनुसार स्थानीय तहको वेबसाइट दुई दिनदेखि नै समस्याग्रस्त भए पनि जानकारी ढिलो आएकाले रिकभर गर्न समय लागेको बताउनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |