

बाराको परवानीपुर गाउँपालिका(५ बहुअरीबाट अवैध लागूऔषध करिब २ सय १२ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका-७ आपसी चोक बस्ने ३१ वर्षीय महेश तमाङ, मकवानपुर थाहा नगरपालिका-४ पालुङ बस्ने २८ वर्षीय रबि कार्की, सोही नगरपालिका-१२ टिसटुङ बस्ने ४६ वर्षीय बिर बहादुर गोले र हेटौंडा उपमहानगरपालिका-१४ उतरपानी बस्ने २३ वर्षीय साजन मुक्तान रहेका छन् ।
शनिबार बिहान जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र.३-०१-०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा धानको भुसको बोरामा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी चालक रबि र गाडीमा सवार बिर बहादुर, साजन र महेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |