धादिङ,०७ कात्तिक ।
धादिङमा देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ ।
जिल्ला सुरक्षा समिति धादिङको बैठकले राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार रातभर देउसी भैलो खेल्दा सार्वजनिक शान्ति भङ्ग हुने खतरा हुनसक्ने भएकाले गम्भीर प्रकृतिका घटना हुनसक्ने भन्दै शान्तिसुरक्षा कायम गर्न देउसी, भैलोमा समय निर्धारण गरिएको हो ।
दिपावलीमा विभिन्न आतिसबाजी नगर्न पनि प्रहरीले सबैलाई अनुरोध गरेको छ । आफ्नो घर र टोलमा शंकास्पद व्यक्तिहरुको गतिविधी देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न,छतमा चढेर यात्रा नगर्न,सार्वजनिक स्थानमा धुम्रपान र मद्यमान नगर्न समेत प्रहरीले सबैलाई अनुरोध गरेको छ।
जिल्लाभर पटाकालगायत प्रज्वलनशील पदार्थको ओसारपसार नगर्न तथा पड्काउनसमेत प्रहरीले रोक लगाएको छ । त्यस्तै तिहारको समयमा दियो, मैनबत्ती, पाला बाल्ने एवं विद्युतीय उपकरण प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटना घट्नसक्ने भएकाले सोतर्फसमेत सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।सूचनाको अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।फाईल तस्विर
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |