धादिङ,२४ पुष ।
सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड सिद्धलेक–२ नलाङको अध्यक्षमा पुनः तिलक सिंखडा चयन हुनुभएको छ ।
संस्थाको १५ औँ साधारण सभा तथा चौथो अधिवेशनबाट पुनः सिंखडाको अध्यक्षतामा आगामी ४ बर्षका लागि १५ सदस्यीय सञ्चालक समिती चयन गरिएको हो । जसको उपाध्यक्षमा देवकी सिलवाल चयन हुनुभएको छ । त्यस्तै इश्वरी अर्यालकोे संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरिएको छ ।
संस्थाका अध्यक्ष सिंखडाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल कृषी सहकारी केन्द्रिय संघका अध्यक्ष एवम साना किसान विकास लघुबित्त बित्तिय संस्थाका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पाठकले आर्थिक विकास र समृद्धका लागि सहकारीको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।
सहकारीको पुंजीलाई उत्पादनसंग जोड्न सके मात्र शेयर सदस्यको जिवनस्तर सुधार हुने बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताएका थिए।
कार्यक्रमको अवसरमा २२५ जना असल ऋणी सदस्यलाई संस्थाको लोगो अंकित टिसर्ट वितरण गरिएको थियो भने व्यवसायिक किसानलाई सम्मान समेत गरिएको थियो ।
२ हजार ३८ शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७८।०७९ मा ३ करोड २३ लाख ९५ हजार आम्दानी र २ करोड २६ लाख ४३ हजार खर्च गरि ९७ लाख ५२ हजार नाफा आर्जन गर्न सफल भएको सहकारीकी प्रबन्धक अम्बिका सिलवालले जानकारी दिनुभयो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |