

नेशनल माइक्रो फाइनान्स र समीट लघुवित्त वित्तीय संस्था मर्जर भएको छ।
आईतबार धादिङबेशीमा भएको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभाले नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई एक आपसमा गाभ्ने विशेष प्रस्ताव सहितको प्रतिवेदन पारित गरेको छ ।
नेशनल माइक्रो फाइनान्स सन्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रतिवेदन विशेष साधारण सभाले पारित गरेको हो । मर्जर पश्चात कम्पनीको नाम “ नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड” हुने र संस्थाको रजिष्टर्ड(केन्द्रीय )कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका,वडा नं १० मा रहने छ ।
एकीकृत कारोवार पश्चात संस्थाको अधिकृत पुँजी रु.१ अर्व ५० करोड र चुक्ता पूंजी रु.१ अर्ब ८ करोड पुग्ने छ ।त्यसैगरी मर्जर पश्चात संस्थाको शाखा सञ्जाल देशै भरीका ७४ जिल्लामा कुल २०६ वटा, कुलग्राहक सदस्य संख्या २ लाख १५हजार, लगानीमा रहेको कर्जा रु.१७ अर्व २२ करोड तथा ग्राहक सदस्यहरुबाट संकलित बचत रु.४ अर्व ४८ करोड भन्दा बढी पुग्ने छ ।
मर्जर पश्चात वित्तीय तथा Outreach का हिसावले संस्था अझवढी सवल र जोखिम वहन गर्न सक्ने क्षमतामा अभिवृद्धि भई अवका दिनमा बिशेष गरि Credit Plus Activitiesdf Focus गरि सदस्यहरुको व्यवसायिक विकाश लगायत प्रविधीको उच्चतम प्रयोग गरि अगाडी बढने योजना रहेको कुरा संस्थाका प्रमुख कार्यकारी रामबहादुर यादवले वताउनु भयो ।
साथै कार्यक्रममा संस्थापक शेयर धनी ठाकुर प्रसाद पौडेल तथा प्रकाश भुषालले आफ्नो सुझाव, सल्लाह तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |