चितवनमा अवैध रूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी संघ, पशु क्वारेन्टाइन चेकपोस्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।
नष्ट गरिएको माछा भारतबाट अवैध रूपमा भित्र्याएको हुन सक्ने पशु क्वारेन्टाइन चेकपोस्ट रामनगरका प्रमुख शिरीष गौतमले बताए । “बिलमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) प्रतापपुरको सुजु एन्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ । त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन,” उनले भने, “भारतबाट अवैध रूपमा भित्रिएको हुनसक्छ ।”
अवैध रूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन् । ‘आइस’मा राखिएको माछा लु३च १७९४ नम्बरको गाडीमार्फत काठमाडौंतर्फ लैजान लागिएको थियो । जाँचका क्रममा प्रहरीको सहयोगमा बरामद गरिएको प्रमुख गौतमले जानकारी दिए ।
सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उनले बताए । अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए । ती माछाको बजार मूल्य तीन लाख २० हजार रुपैयाँबराबर हुने गौतमले जानकारी दिए । तर, बिलमा एक लाख ६० हजार रुपैयाँ मात्र लेखिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |