

बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ ले पाँच हजार रुपैयाँ उपलब्ध गराइरहेको छ।
वडाध्यक्ष लीलानाथ न्यौपानेका अनुसार बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले वडाले बच्चाको जन्मदर्तासँगै पाँच हजार रुपैयाँ बैंक दाखिला गराउन थालेको हो।
बच्चाको जन्मदर्ता गराएसँगै बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप पाँच हजार रुपैयाँ जम्मा गरिदिने उहाँले बताउनुभयो ।
जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार गएको साउनदेखि कार्यान्वयनमा ल्याइएको कार्यक्रमबाट अहिलेसम्म २६ जना बच्चाको खातामा रकम जम्मा भइसकेको छ ।
यस बापतको लाग्ने बजेट वडाले आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको वडाध्यक्ष न्यौपानेको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |