

धादिङ । धादिङका दुध उत्पादक कृषकहरु आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलित भएका छन् ।

धादिङ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अगुवाइमा जिल्लाका दुध उत्पादक कृषकहरूले बिहिबार पृथ्वीराजमार्ग अवरुद्ध गरेका हुन्।कृषकहरुले धादिङको थाक्रे ६ महादेववेसी बजारमा मध्यान्ह १२ बजेदेखि १२ः३०बजेसम्म ३० मिनेट राजमार्ग अवरुद्ध गरेका थिए ।

मिल्क होलिडे बन्द गर्नुपर्ने, आयातित दुध तथा दुग्धजन्य पदार्थलाई पूर्णरुपमा बन्द गराई स्टक रहेको दुग्धजन्य पदार्थ नेपाल सरकारको कूटनैतिक पहलद्वारा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणको प्रबन्ध गर्नेपर्ने, दुग्ध उत्पादक कृषकलाई यस पेशामा जोगाइराख्न कृषि कर्जा अनुदान कार्यक्रम विगतका वर्षमा झैं यथाशीघ्र उपलब्ध गराउनुपर्ने लगाएतका माग राखी कृषकहरु आन्दोलनमा उत्रिएका छन्।

यस्तै, लागत मूल्य घटाउने कार्यक्रममा लिटर अनुदान कम्तीमा ५ रुपियाँ लागु गर्नुपर्ने, पशु आहार पशु औषधीसम्बन्धी पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमाको रकम उपलब्ध गराउन बिमा रकम भुक्तानी सहज बनाउनुपर्ने, निर्यातित दुग्धजन्य पदार्थहरुमा अनुदानको व्यवस्था अविलम्ब गर्नुपर्ने र दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खोरेतलगायतका रोगको उन्मूलन गर्नुपर्ने माग कृषकको रहेको छ।

कृषकको माग पूरा गर्न फागुन १४ गते जिल्ला प्रशासन कार्यालयमा धर्नासहित ज्ञापनपत्र बुझाइएको भए पनि सरकारले सुनुवाइ नगरेकोले आन्दोलन गर्नुपरेको किसानहरुले बताएका छन्।
किसानको उत्पादनको बजारीकरण राज्यले गर्नुपर्ने भए पनि वास्ता नगरेकोले आन्दोलनमा उत्रिएको फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले बताउनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |