धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटारमा जारी दोस्रो सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेलाको चौथोे दिन हिजो शनिबार दिन १० हजार बढि दर्शकले अवलोकन गरेका छन् ।
शनिबार गायक नवराज काप्री, गायिका सिमा थापा, कमला घिमिरे, जादुगर बलराम सरकार गिरी, बेली डान्सर बन्दना विश्वकर्मा, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको विशेष प्रस्तुति रहेको र १० हजार भन्दा बढि दर्शकले अवलोकन गरेको आयोजक हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज ९ गते आइतबार गायक राजु परियार, गायिका सीता श्रेष्ठ , ¥यापर तथा डान्सर सहिल त्रिपाठी, दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहने छ।
भोलि १० गते सोमबार गायिका यलिना चौहान, गायक कर्ण राज गिरी, गायिका कमला घिमिरे, मोडल तथा डान्सर आरुसी मगर,दिलास डान्स ग्रुपका कलाकारहरुसँगै स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहने श्रेष्ठले बताउनुभयो ।
हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा स्थानिय श्रोतको प्रर्वद्धन गरौं, देश विकासमा टेवा पुु¥याऔंं भन्ने मूल मर्मका साथ बुधबारदेखी कृषि प्रदर्शनी तथा व्यापार मेला सुरु भएको हो ।
स्थानिय कृषि उपजहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा टेवा पु¥याउन र मनोरञ्जन र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्थाका सुरेश श्रेष्ठले बताउनुभयो ।
मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव एक लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: bagmatikalam0@gmail.com
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |