

काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो छ महिनामा एक खर्ब दुई अर्ब तीन करोड सार्वजनिक ऋण थपिएको छ।
साउनदेखि पुससम्ममा एक खर्ब दुई अर्ब तीन करोड थप भएसँगै हाल देशको सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
चालू आर्थिक वर्षको शुरुवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ थियो ।
सरकारले हरेक वर्ष बजेटको आकार बढाए पनि त्यसअनुसार राजस्व असुली बढ्न नसक्दा सार्वजनिक ऋणको आकार बढ्दै गएको हो ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस वर्षको पुस समान्तसम्म विदेशी विनिमय दरमा भएको परिवर्तनले ११ अर्ब ६१ करोड सार्वजनिक ऋण दायित्व बढेको छ ।
यसबीचमा आन्तरिक ऋणको ब्याज भुक्तानीमा २७ अर्ब ९५ करोड र साँवा भुक्तानीमा एक खर्ब २७ अर्ब रुपैयाँ खर्च भएको छ ।
बाह्य ऋणको साँवा भुक्तानीमा २२ अर्ब २० करोड र ब्याज भुक्तानीमा चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |