

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणको शुल्क बढाएको छ।सरकारले एकै पटक तीन हजार रुपैयाँ बढाएको हो।
अब वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले स्वास्थ्य परीक्षण शुल्क बापत अब नौ हजार पाँच सय रुपैयाँ तिर्नुपर्ने भएको छ।यसअघि छ हजार पाँच सय रुपियाँमा सबै परीक्षण हुन्थ्यो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ कार्यविधि स्वीकृत गर्दै स्वास्थ्य परीक्षण सेवालाई गुणस्तरीय बनाउन सूचीमा उल्लेख भएका ३४ प्रकारका परीक्षणका लागि सो बराबरको रकम तोकिएको जनाएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउँदै आएका व्यवसायीहरूले भने सरकारले आफूहरूसँग कुनै छलफल नै नगरी निर्णय गरेको जानकारी दिएका छन्।
उक्त विषयमा के गर्ने भन्ने विषयमा व्यवसायीसँग छलफल चलिरहेको नेपाल वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घले जनाएको छ।
श्रमिकका लागि विदेश जाने बेला पहिले नै राहदानी, टिकट, तालिम, बिमा लगायतका खर्च थुप्रै हुने गर्दछन्। यसमा परीक्षण शुल्क थपिएकाले गरिब तथा विपन्न वर्गका श्रमिकलाई थप आर्थिक भार थपिएको भन्दै आलोचना हुन थालेको छ।
मन्त्रालयका प्रवक्ता डण्डुुराज घिमिरेले सरकारको निर्णय अनुसार अब वैदेशिक रोजगारीका लागि अनिवार्य रूपमा ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने जानकारी दिनुभयो।
यस कदमले श्रमिकको स्वास्थ्य सुरक्षामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै परीक्षण शुल्कलाई पारदर्शी र सुलभ बनाउन सरकारले सबै परीक्षण समेटिएको प्याकेज शुल्क नौ हजार पाँच सय रुपैयाँ तोकेको हो।
जसमा वैदेशिक रोजगारमा जाने युवालाई सहुलियत हुनुपर्ने उल्लेख छ।
मन्त्रालयले स्वास्थ्य परीक्षणलाई थप व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन सरकारले महत्वपूर्ण निर्णय गरेको सूचनामार्फत जानकारी गराएको छ।
स्वास्थ्य परीक्षण गर्ने संस्थाको नियमनलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको भन्दै सूचीकृत स्वास्थ्य संस्थाले सूचना प्रकाशन भएको मितिदेखि दुई महिनाभित्र आवश्यक पूर्वाधार तयार गरी मन्त्रालयबाट आफैँले निरीक्षण गर्ने व्यवस्था गरिएको छ।
तोकिएको समयसीमाभित्र पूर्वाधार तयार नगर्ने संस्थाको सूचीकरण तथा नवीकरण खारेज गरिनेसमेत सूचनामा उल्लेख छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |