

काठमाण्डौ । पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढेको छ ।
इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ बढाएको हो। एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।
मुल्य बढेपछि काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ६५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ४९ रुपैयाँ पुगेको छ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको एक सय ६४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय ४८ रुपैयाँ पुगेको छ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा भने पेट्रोलको एक सय ६२ रुपैयाँ ५० पैसा तथा मट्टीतेल र डिजेलको एक सय ४६ रुपैयाँ ५० पैसा पुगेको छ ।
यसैगरी हवाइ इन्धनको पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |