

काठमाण्डौ । नेपाल ह्याचरी उद्योग सङ्घले भोलिदेखि कुखुराको चल्ला उत्पादन र बिक्रीमा रोक लगाएको छ ।
लागत मूल्य नपाउँदा चल्ला उत्पादक किसानलाई समस्या परेको भन्दै नेपाल ह्याचरी उद्योग सङ्घले सदस्य उद्योगहरूलाई पत्र पठाएर असार २३ गते सोमवारदेखि २९ गते आइतवारसम्म बोइलर र कलर बोइलर अर्थात् कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णय बारेमा जानकारी गराएको हो ।
पत्रमा २० गते शुक्रवारको बैठक अनुसार चल्ला उत्पादन नगर्ने जानकारी गराइएको छ ।दुई महिना अघिसम्म चल्लाको मूल्य एउटाको ५५ देखि ६० रुपैयाँ थियो ।
तर अहिले चल्ला २० देखि २५ रुपैयाँमा पनि नबिकेपछि उत्पादन र बिक्री बन्द गर्नुपरेको सङ्घले जनाएको छ ।
दुई वर्ष अगाडिसम्म ह्याचरी उद्योगमा तीन सय ५० बढी फर्म आबद्ध रहेकामा अहिले एक सयभन्दा पनि कममात्रै आबद्ध रहेका ह्याचरी सङ्घले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |