नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा हरिवंश आचार्य चिनाइरहनुपर्ने नाम होइन । चाहे टेलिफिल्म होस्, या फिल्म अथवा टेलिभिजनमा आउने विज्ञापन नै किन नहोस्, हरिवंश जुनसुकै उमेर समूहका दर्शकमाझ रुचाइएका अभिनेता हुन् ।
अधिकांशले हरिवंशलाई उनले निभाएको ‘हरिबहादुर’ चरित्रले चिन्छन् । हरिवंशले प्रमुख भूमिकामा अभिनय गरेको फिल्म ‘महापुरुष’ यही कात्तिक ११ गतेबाट देशव्यापी रिलिज हुँदैछ । दर्शकका प्रिय हरिवंशलाई आफूले निर्वाह गरेको यी पाँच चरित्र मनपर्दोरहेछः–
अर्जुन (बलिदान)
यसमा मेरो छविभन्दा ठ्याक्कै उल्टो छवि छ । मेरो छवि भनेको हाँसोको छवि हो । यो फिल्ममा चाहिँ क्रान्तिकारीको भूमिका निभाएको छु । यसमा हाँसो भन्ने केही पनि छैन । त्यति गम्भीर विषयवस्तुमा मलाई उहाँहरुले काम गर्ने अवसर दिनुभयो । मैले काम गरें र त्यो काम मान्छेलाई मनपर्यो ।
साधुराम सुकुम्बासी (वनपाले)
साधुराम पनि नेगेटिभ चरित्र हो । त्यो चरित्र भिलेनको पनि एक्सट्रिम भिलेनको थियो । उसको बोली नै कर्कस आवाज युक्त थियो । मैले सम्झिने चरित्रमा यो पनि पर्छ ।
वडाअध्यक्ष (कान्तिपुर)
यसमा मैले वडाको सोझो अध्यक्षको भूमिका निर्वाह गरेको छु । वडाअध्यक्षसँग कति समस्या हुन्छ भन्ने कुरा देखाइएको छ । अरुको समस्या समाधान गर्न हिँड्ने मान्छे आफ्नो समस्यामा कसरी जेलिएको छ भन्ने प्रस्तुत गरिएको छ ।
हरिबहादुर (मदनबहादुर हरिबहादुर)
मलाई लाग्छ हरिबहादुर चरित्र मेरा लागि सर्वाधिक हिट चरित्र हो । जहिँकहीँ जाँदा होस् या कार्यक्रममा गएर बोल्नुपर्यो भने मलाई ‘हरिबहादुर’ भन्दै ठूलो स्वरले बोलाउँछन् । जुनसुकै उमेर समूहका दर्शकको प्रिय बनेको छ, हरिबहादुर ।
ध्रुबराम (लालपुर्जा)
ध्रुवरामले भूकम्पले आफ्नो घर भत्किएपछि आफ्नो जग्गा भएर पनि मोहीका कारणले त्यसलाई उपभोग गर्न पाउँदैन । जमिन भएर पनि केही फाइदा लिन नपाउने ध्रुवरामको चरित्रमा अभिनय गरेको छु ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |