आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राष्ट्रिय कलाकारहरु खटिएका छन् ।
सत्तारुढ गठबन्धन उम्मेदवारलाई मत माग्दै नेपाल सांस्कृतिक संघको टोली देशव्यापी रुपमा चुनावी प्रचारमा छ । टोलीमा नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापा, महामन्त्री शिव शंकर रिजाल ‘जोगिन्दर’, सह–महामन्त्री चेतबहादुर सिंह ‘राजा’ , चर्चित कलाकार कविता गेलाल, गायक मदन थापा, गायिका जालुमाया गुरुङ र भेषराज पौडेल रहेका छन् ।
चुनावी सांस्कृतिक अभियानअन्तर्गत नवलपरासीबाट प्रचारप्रसारको अभियान सुरु गरेको यस टोलीले नेपालका पश्चिम भेगका थुप्रै जिल्लामा सहभागी भई अहिले पूर्वतर्फ लागेको छ ।
पूर्वको झापामा पुगेर कार्यक्रम समापन गरिने नेपाल सांस्कृतिक संघ सभापति तीर्थ थापाले बताए । चुनावी प्रचारकै क्रममा टोलीले चितवनमा पनि आफ्नो प्रस्तुति देखाएको थियो । गठबन्धनले चितवनमा आयोजना गरेको आमसभाको क्रममा कलाकारहरुले विशेष प्रस्तुति गरेका थिए ।
गठबन्धनको आवश्यकताका विषयमा गीत, नृत्य, प्रशासन, कला र प्रस्तुतिबाट आमनागरिकलाई जानकारी गराउन सक्ने भएकाले यो अभियानलाई निरन्तरता दिइएको महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दरले बताए ।
संविधानको रक्षा र देशको विकासका लागि अहिले गठबन्धनको अति आवश्यक रहेको बताउदै उनले हरेक क्षेत्रको विकासका लागि अहिले गठबन्धन विना सम्भव नभएकोले गठबन्धनका उम्मेदवारलाई विजय गराउन देशव्यापी अभियानमा लागेको बताए ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |