धादिङ,२७ पुष।
माघेसङ्क्रान्तिको दिन धादिङको नीलकण्ठ नगरपालिका १४ धुवाँकोट स्थित भंगेरीमा यस वर्ष १८ हल गोरु जुधाइने भएको छ ।संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्र र भंगेरी युवा क्लबको आयोजनामा हरेक वर्ष जस्तै यो वर्षको माघेसङ्क्रान्तिमा पनि गोरु जुधाई र कृषि मेला तथा हस्तकलाका सामाग्री प्रदशनी हुने भएको हो ।
बुधबार धादिङबेसीमा पत्रकार सम्मेलन गर्दै आयोजक संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले विशेष गरेर धुवाकोटमा पर्यटन प्रवद्र्धन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा समेत सहयोग पुग्ने गरी विगतमा भन्दा झनै प्रभावकारी रुपमा गोरू जुधाई कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो।
यो पटक गोरुको अवस्था हेरि ४ समुह बनाई १८ हल गोरु जुधाईने श्रेष्ठले बताउनुभयो । जसमा पहिलो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमस १२ हजार र १० हजार दोस्रो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमस १० हजार र ८ हजार, तेस्रो विजेता र उप विजेता गोरुधनीले क्रमस ८ हजार र ६ हजार चौथो समुहको विजेता र उप विजेता गोरुधनीले क्रमस ४ हजार र २ हजार पाउने छन् ।
यस्तै प्रति गोरु १० केजी चामल र १ लिटर तेल गोरुधनीलाई प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै कृषि तथा हस्तकलाका सामाग्री पर्दशनीमा सहभागीहरुलाई प्रति स्टल १ हजार प्रदान गर्ने पनि आयोजकले जनाएको छ।-फाईल तस्विर
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |