

धादिङ,०२ असार।
अनिश(युनिस)तामाङ
२ साता अगाडी मात्रै रिलिज गरिएको म्हेन्दोमाया (मर्कि श्युरुङरुङ )बोलको गितले स्वदेश तथा विदेशमा चर्चा बटुलिरहेको छ।
उक्त गितको स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले टिकटक,फेसबुक र युटयुबमा राम्रो प्रशंसा गरिरहेका छन् । प्रेमी र प्रेमिकाको बीचको प्रेम सम्बन्धलाई झल्काउने यो तामाङ भाषाको गित छोटो समयमा नै चर्चा परिचर्चा हुने मध्येकै एक हो ।
आफुले गायका गित हिट हुदा अहिले गायक मंग्रेसा र गायिका वाइवा दङ्ग छन् । धार्मिक,सांस्कृतिक, मौलिक शब्दहरुले सिर्जना गरिएको उक्त गीतमा,भुगोल र तामाङ जातिहरुको रितीरिवाज र नवजोडीको चर्चा गरिएको छ ।
गितलाई बच्चादेखी बृद्धबृद्धा सम्मकाले रुचाई रहेका छन् । यो गीत तामाङ समुदायका चर्चित म्हेन्दो माया गायक यु.बि मग्रेसा र लोक दोहोरी गायिका एवम म्हेन्दोमाया गायिका मनमाया वाईवाले गाएका हुन् ।
करिब ३ बर्ष अगाडि नै अडियो रेकर्ड गरिएको म्हर्की स्युरुङरुङ गित २०८० जेठ १५ गते एक समाहरोहका बीच मनमाया वाइवा अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो।
दुई हप्ताको अन्तरालमा ४१ हजार भन्दा बढी दर्शकले यो गीत हेरिसकेका छन् ।
धादिङ र नुवाकोटको सिमानामा पर्ने टुंडी र नकुर डाँडामा छायांकन गरिएको यो भिडियोमा मर्नेन तामाङ,सिररोङ मनङ्थेन, सुरेश वाइबा, सीता पंचथेन तामाङ्ग, स्मृती दोङ तामाङ र मायाँ थोकर सहितको कलाकारहरुले परम्परागत मौलिक पहिरणमा अभिनय गर्दा साच्चै नै लोभलाग्दो र आकर्षक देखिन्छ।
यो गितलाइ राजकिङ वाइवाले निर्देशन गर्नु भएको हो।
भिडियो





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |