धादिङ,१३ असोज।
काठमाण्डौ–धादिङ चल्ने बस सञ्चालनमा आएको छ । प्रहरीले बढी भाडा असुल्नेलाई कारबाही गरेको विरोधमा व्यवसायीले बिहान काठमाण्डौ–धादिङ चल्ने बस चलाएनन् । काठमाण्डौबाट धादिङ चल्ने बस बिहान झण्डै तीन घण्टा नचल्दा यात्रुले सास्ती भोगेका छन् । अहिले भने गाडी चल्न थालेको छ ।
बुधबार सादा पोशाकमा यात्रु बनेर काउण्टर पुगेका प्रहरीले टिकट काउण्टरका कर्मचारीलाई बढी भाडा असुलेको, झोला लगेजको समेत मनलाग्दी भाडा लिएको आरोपमा पक्राउ गरेको थियो ।
बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि केही यातायात व्यवसायीले भने विरोध गरेका छन् ।
चाडपर्वको मौकामा यात्रुसँग बाढी भाडा लिनेलाई प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । प्रहरीले अभियान नै चलाएर कारबाहीलाई तीव्र पारिरहेको छ ।प्रहरीले यात्रुमाथि ठगी गर्ने जोसुकैलाई पनि कारबाही हुने जनाएको छ ।
तस्विर अनलाईनखबर
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |